कोशी मोडल र अरनिको स्कुल क्वाटरफाइनलमा

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको संयुक्त आयोजनामा विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा कोशी मोडेल स्कुल र अरनिको स्कुल विजयी भएका छन् ।

आजको पहिलो खेलमा कोशी मोडेलले राइजिङ नेपाललाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको राइजिङले निर्धारित १७ ओभर ९ विकेट गुमाई ७७ रन बनाएको थियो । जस्मा महमद इरफानले सर्वाधिक २७ रन बनाउनुभयो । कोशीका रविन मण्डलले ३ विकेट लिनुभयो ।

७८ रनको लक्ष्य पछ्याएको कोशीले ५ दशमलव २ बलमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो । कोशीको जितमा म्यान अफ द म्याच रविन मण्डल सर्वाधिक ६५ रनमा अविजित रहनुभयो । राइजिङका महमद समिर आलमले २ विकेट लिनुभयो ।

दोस्रो खेलमा अरनिको स्कुलले सगरमाथा स्कुललाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३६ रनको योगफल तयार पारेको थियो । जस्मा अमन यादवले ३२ रन बनाउँदा लुसाङ गुरुङले २९ रनको योगदान दिनुभयो । सगरमाथाका निखिल साहले ३ विकेट लिनुभयो ।

१ सय ३७ रनको विजयी लक्ष्य पाएको सगरमाथाले ११ ओभरमा सवै विकेट गुमाई ४४ रनमा सिमित भयो । जस्मा सौरभ रायले सर्वाधिक ११ रन बनाउनुभयो । अरनिकोका म्यान अफ म्याच लुसाङ गुरुङले सर्वाधिक ३ विकेट लिनुभयो ।

Back to top button