क्यानडा–११ विरुद्ध नेपाल ‘ए’ ले लियो ३ विकेट

काठमाडौं । क्यानडा–११ विरुद्धको एकदिवसीय सिरिजमा नेपाल ‘ए’ले ३ विकेट लिएको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर बलिङ गरिरहेको नेपालले क्यानडाको ३ विकेट लिएको हो ।

नेपालका लागि शेर मल्लले १९ दशमलव २ ओभरमा सृमन्थ विजयरत्नेलाई आउट गराउनुभएको हो । उहाँ ५७ बलमा ४१ रन बनाएर आउट हुनुभयो । त्यस अगाडि शाहब आलमले १४ दशमलव ३ ओभरमा निकोलस किर्तन र सागर ढकालले ११ दशमलव ३ ओभरमा आरोन जोन्सनलाई आउट गराउनुभएको थियो । जोन्सनले ३८ बलमा ३६ रन बनाउनुभयो ।

आजको खेलमा नेपाल ‘ए’का कप्तान सन्दीप जोराले क्यानडा–११ लाई ब्याटिङको निम्तो दिनुभएको हो । क्यानडाले २१ ओभरमा ३ विकेटको क्षतिमा ९७ रन बनाएर खेलिरहेको छ ।

नेपाल ‘ए’ले आज टोलीमा दुई परिवर्तन गरेर खेलेको छ । विनोद भण्डारी र प्रतिश जिसीको स्थानमा शेर मल्ल र रिजन ढकाल आउनुभएको छ । पहिलो खेलमा क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ । मूलपानी मैदानमा नेपालले दिएको २ सय १७ रनको लक्ष्य क्यानडाले ४९ दशमलव ३ ओभरमा पूरा गरेको थियो।

नेपाली टोलीः अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, रशिद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा (कप्तान), शेर मल्ल, रिजन ढकाल ।

बेञ्चः विनोद भण्डारी, सुजन थपलिया, हेमन्त धामी, आशुतोष घिरैया, प्रतिश जिसी ।

Back to top button