विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा १ महिलाको मृत्यु

विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी महिलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनसरीको इटहरीबाट विराटनगर आउँदै गरेको प्रदेश १–०१–०१४ प १२५१ नम्बरको मोटरसाइकलले कोशी राजमार्गको विराटनगर–३ मा उनलाई ठक्कर दिएको थियो ।

ठक्करले घाइते बनेकी मोरङको बुढीगंगा गाउँपालिका–१ की ६० वर्षीया धनमाया खतिवडाको गएराति अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक इटहरीका आशीष श्रेष्ठ सामान्य घाइते भएका छन् । उपचारपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Back to top button