विराटनगर बसपार्कको धनकुटा लजमा १ व्यक्ति मृत फेला

विराटनगर । विराटनगर बसपार्कको धनकुटा लजमा १ व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मोरङको बेलबारी–५ कसेनीका २० वर्षीय अजयकुमार भगत मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

हिजो दिउँसो बसपार्क पूर्वतर्फको लजमा कोठा लिएर बसेका भगत आज बिहान घाँटीमा पासो लगाएको अवस्थामा फेला परेका हुन् ।

विराटनगर वडा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठका अनुसार घटनास्थल सुरक्षित गर्दै थप अनुसन्धान सुरु गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

Back to top button