प्रधानमन्त्री प्रचण्ड र आरती साहको परिवारबीच भेटवार्ता

काठमाडौं । प्रधानममन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आरती साहको परिवारबीच भेटवार्ता भएको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहको पहलमा साहको परिवार आज बालुवाटार पुगेका थिए ।

भेटमा आफूहरुले न्यायका लागि गर्नु परेको संघर्षबारे प्रधानमन्त्रीलाई जानकारी गराएको आरतीका भाइ प्रेमले जानकारी दिनुभयो । ‘प्रमाणहरु लुकाइयो, हामीमाथि पनि कुटपिट भयो भनेर हामीले भन्यौं’ उहाँले भन्नुभयो,‘उहाँले हाम्रो कुरा सुन्नुभयो । त्यहीबाट कसैलाई फोन पनि गर्नुभयो ।’

प्रधानमन्त्री प्रचण्डले न्यायका लागि पहल गर्ने आश्वासन समेत दिएको प्रेमले जानकारी दिनुभयो। जनकपुरकी आरतीको हत्या भएको परिवारको दाबी छ । परिवारले निरन्तर धर्ना दिएपछि मुद्दा दर्ता भएर उहाँका श्रीमान पुर्पक्षका लागि थुनामा समेत गर्नुभएको छ ।

तर, उहाँको माइती परिवार (आमा, बाबु, भाइ र बहिनी) पूर्ण न्याय माग गर्दै धर्नामा हुनुहुन्छ ।

Back to top button