![](https://koshisandesh.com/wp-content/uploads/2021/07/jasapa.png)
![](https://koshisandesh.com/wp-content/uploads/2021/07/jasapa.png)
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । फागुन १० गते बिहीबारका लागि बैठक बोलाइएको छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने तय भएको छ ।
पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको जसपाले जनाएको छ ।
बैठकमा केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा पनि छलफल हुने छ ।