बारामा ट्रक र जीप ठोक्किंदा २ जनाको मृत्यु, ३ घाइते

सिमरा । बाराको पथलैया–अमलेखगञ्ज सडकखण्ड अन्तर्गत आधाभार नजिक आज बिहान ट्रक र बोलेरो जीप एकआपसमा ठोक्किंदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेको ना६ख नम्बरको ट्रक र हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नम्बरको जीप ठोक्किएको हो । दुर्घटनामा चालकसहित २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत मोतिहारी मधुवन थाना ग्राम कुन्दनपुरका करिब २८ वर्षीय चन्दन चौहान रहेको प्रहरीले जनाएको छ । यसैगरी अर्का मृत्युहुने चालकको पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा परी घाइते ३ जनाको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

Back to top button