एकै ओभरमा नेपालले गुमायो महत्वपूर्ण २ विकेट

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले महत्वपूर्ण २ विकेट गुमाएको छ । ६ दशमलव २ ओभरमा कुशल भुर्तेल १८ रनमा आउट हुनुभयो । एक बल पछि अनिल साह शून्य रनमा आउट हुनुभएको थियो ।

टी–यु क्रिकेट मैदानमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।

Back to top button