काठमाडौंमा एकै परिवारका ३ जना मृत फेला, हत्याको आशंका

काठमाडौं । काठमाडौंको सितापाइलामा एकै परिवारका ३ जना मृत फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले नागार्जुन नगरपालिका–६ सितापाइलामा ३ जनाको शव फेला परेको जानकारी दिनुभयो ।

घरको कोठाभित्र १ महिला र २ बच्चाको शव फेला गरेको हो । उहाँका अनुसार धारिलो हतियार प्रयोग गरी हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ ।

Back to top button