एमाले केन्द्रीय कमिटी बैठकमा पार्टी बलियो बनाउने ३ प्रस्ताव प्रस्तुत

काठमाडौं । नेकपा एमालेको मंगलवारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा ३ वटा प्रस्ताव पेश भएका छन् ।

एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको शुद्धिकरण तथा सुदृढिकरण,उपाध्यक्ष विष्णु प्रसाद पौडेलले जनआधारित कार्यकर्ता र पार्टी निर्माणका चुनौति र महासचिव शंकर पोखरेलले संगठनात्मक कामको समिक्षाको प्रस्ताव केन्द्रीय कमिटीमा पेश गर्नुभएको छ ।

बैठक केन्द्रीय कार्यालय च्यासलमा बसेको हो ।

Back to top button