नेपाल १ सय ६८ रनमा अलआउट

काठमाडौं । विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नामिबियाविरुद्ध भिडिरहेको नेपालले १ सय ६९ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ३७ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय ६८ रन जोड्यो।

नेपालका लागि आसिफ शेख ५८, कुशल मल्ल ३६,भीम सार्कीले २६ , कुशल भुर्तेल १८ र करण केसीले १२ रन जोडेर आउट हुनुभयो । दीपेन्द्रसिंह ऐरीले ६ र सोमपाल कामीले ४ रन बनाउनुभयो । रोहित पौडेल, देव खनाल र अनिल शाहले खाता खोल्न सक्नुभएन्।

यस्तै, ४३ रनमा ३ विकेट गुमाएको अवस्थामा आसिफले कुशल मल्लसँग ५७ रनको साझेदारी गर्नुभएको थियो । नेपालले १ सय रन जोड्दा चौथो विकेटका रुपमा आसिफ आउट हुनुभएको थियो । त्यसपछि नेपालले कुनै पनि विकेटका लागि गतिलो साझेदारी गर्न सकेन ।

नेपाल ५ रनको अन्तरमा सुरुका ३ विकेट गुमाएको थियो। त्यसअघि पहिलो विकेटका लागि ३८ रनको साझेदारी भएको थियो। नामिबियाका बर्नार्ड स्कोल्ट्ज र जान निकोल लफ्टी इटनले ४–४ विकेट लिनुभयो ।

Back to top button