प्रधानमन्त्री प्रचण्डले लुम्बिनी प्रदेशसभामा विशेष सम्बोधन गर्ने

दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबीच भेटवार्ता भएको छ । लुम्बिनीमा हुन लागेको शिखर सम्मेलनको विषयमा र प्रधानमन्त्रीले लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्ने विषयमा छलफल भएको थियो।

‘प्रधानमन्त्रीज्यूसँग लुम्बिनीमा फागुन २८ र २९ गते हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल भयो। सम्मेलनको विषयमा प्रदेश सरकारले गरेको अहिलेसम्मको तयारी तथा अवस्थाको बारेमा जाननकारी गराएको छु । सो अवसरमा प्रधानमन्त्री लुम्बिनीको स्थानी राज्धानी क्षेत्रमा आउने विषयमा समेत छलफल भएको छ,‘ मुख्यमन्त्री चौधरीले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले फागुन १९ गते लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्ने मुख्यमन्त्री चौधरीले बताउनुभयो । ‘प्रधानमन्त्रीज्यूले लुम्बिनी प्रदेशको सदनमा विशेष सम्बोधनको कुरा भएको छ। उहाँले फागुन १९ गते लुम्बिनी सदनलाई विशेष सम्बोधन गर्दै हुनुहुन्छ,’ उहाँले भन्नुभयो । लुम्बिनीमा फागुन १८ गतेदेखि हिउदे अधिवेशन सुरु हुँदैछ ।

Back to top button