माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा विधान अधिवेशनको समीक्षा, नेताहरुको जिम्मेवारी बाँडफाँट र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने उपाध्यक्ष गणेश शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगामी चैत १ देखि १५ गतेसम्म हुने तराई मधेश जागरण अभियान र आगामी वैशाख १ देखि १५ गतेसम्म हुने हिमाल, पहाड, तराई एकता अभियानको विषयमा पनि बैठकमा छलफल हुन सक्ने छ । ‘अभियानको रुट, लिडर र कार्यक्रमको खाकाको विषयमा पनि आजको बैठकमा छलफल हुनसक्छ,’ उहाँले भन्नुभयो ।

यस्तै, बैठकमा सरकारका काम र गठबन्धनको समीक्षा पनि हुने उहाँको भनाइ छ ।

Back to top button