एमालेले गर्‍यो संसद बैठक अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । एमालेले आज बसेको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो ।

एमालेले आफूहरूले उठाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने र ३ मन्त्रीलाई बर्खास्त गर्न माग गर्दै बैठक अवरुद्ध गरेको छ ।

संसद् बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले पर्यटनमन्त्री सुदन किराँती, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा माग्नुभएको हो ।

Back to top button