नेपाल ‘ए’ले क्यानडालाई दियो १ सय ८२ रनको लक्ष्य

काठमाडौं । तीन म्याचको सिरिज जित्न नेपाल ‘ए’ले क्यानडालाई १ सय ८२ रनको लक्ष्य दिएको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ ।

मुलपानीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले ४६ दशमलव ६ ओभरमा १ सय ८१ रन बनाउँदा सबै विकेट गुमायो ।

नेपालको सुरुवात भने राम्रो थियो । अर्जुन कुमाल र आशुतोष घिरैयाले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गर्नुभयो । १४औं ओभरको पाँचौं बलमा घिरैया २८ रन बनाएर आउट हुनुभयो । त्यसपछि नेपालले ठूलो साझेदारी गर्न सकेन ।

अर्जुन कुमाल २७ रनमा आउट हुनुभयो भने बसिर अहमदले २४ र सन्दीप जोराले २४ रन बनाउनुभयो । सुजन थपलियाले २० रन बनाउँदा रासिद खान र प्रतिश जीसी समान १९–१९ रनमा आउट हुनुभयो ।

यस्तै, क्यानडाका निकोलस किर्तोन, डिलोन हेलिगर र हर्श थाकरले समान २–२ विकेट लिनुभएको छ ।

Back to top button