बैतडीमा मलामी बोकेको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते

बैतडी । बैतडीमा मलामी बोकेको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । भने ५ जना घाइते भएका छन्।

मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका–१ का ५० वर्षीय गोपाल बोहरा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको डिलाशैनी गाउँपालिका–१ घारडा भन्ने ठाउँमा सुप्रप ०१००१ च ३१४६ नम्बरको जीप दुर्घटनामा परेको हो ।

घाइते ५ जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताउनुभयो । जीपमा १३ जना सवार रहेका थिए। जीप सडकमै पल्टिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Back to top button