त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा बराल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा.डा.केशरजंग बराल नियुक्त हुनुभएको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बराललाई उपकुलपति नियुक्त गर्नुभएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार हाल पोखरामा रहनुभएका बराल काठमाडौं फर्केर नियुक्तिपत्र बुझ्नुहुने छ ।

यस्तै, बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति हो ।

प्रधानमन्त्री प्रचण्डले उपकुलपति सिफारिसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वमा समिति गठन गर्नुभएको थियो । समितिले चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

प्रधानमन्त्रीले पहिलो नम्बरमा रहनुभएका बुढाथोकीलाई छाडेर बराललाई उपकुलपति नियुक्त गर्नुभएको हो । सिफारिस समिति स्रोतका अनुसार विभिन्न मापदण्डको आधारमा दिइएको अंकमा बुढाथोकी २ अंकले अगाडि हुनुहुन्थ्यो ।

Back to top button