मोरङको बुढीगंगामा लहरी पल्टिदा तीन बालबालिकाको मृत्यु, दुई जना घाइते

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ४ प्रगती टोलमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये दुई जना एउटै परिवारका हुन् ।

बुढीगंगा गाउँपालिका ४ का ६० वर्षीय ज्योती अधिकारीको चार वर्षीय छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासको ८ वर्षीया छोरी रिहा खवास मृत्यु भएको हो । ज्योतीका छोरा र छोरी जुम्ल्याहा हुन् ।

उनीहरु सुतेको बेला लहरी गाडी पल्टिएर ठुलो टुङगाले किचेर मृत्यु भएको प्रत्यदर्शीले बताएका छन् । ज्योती अधिकारी र सन्जु खवास घाइते हुनुभएको छ । उहाँहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

आज विहान ७ बजे कच्चा पदार्थ बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी बुढीगंगा ४ प्रगती टोलमा पल्टिएर दुर्घटना भएको थियो । लहरी ज्योतीको घरमा पल्टिएको प्रहरीले जनाएको छ । पल्टिएको लहरीले थिचेर तीन जना बालवालिकाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको पुष्टी गरेको छ । भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी गाडी दुर्घटना भएको थियो ।

Back to top button