क्रिकेट विश्वकप लिग–२ः नामिबियाविरुद्ध पहिले बलिङ गर्दै नेदरल्याण्ड्स

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिवि मैदान कीर्तिपुरमा भइरहेको खेलमा नेदरल्याण्ड्सविरुद्ध नामिबियाले खराब सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरिरहेको नामिबियाले १० ओभरमा २ विकेट गुमाएर ५० रन बनाएको छ ।

हिजोको वर्षाले मैदान चिसो हुँदा यो खेल ढिला सुरु भएकाले ४५ ओभरमा घटाइएको छ । लिग–२ को पहिलो त्रिकोणात्मक शृखंलामा यो पाँचौ खेल हो भने यी दुई टोलीबीच दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेदरल्याण्ड्सले नामिबियालई ७ विकेटले पराजित गरेको थियो ।

Back to top button