उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–८ झोडामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

मदन भण्डारी स्मृती लोकमार्गको नेपालटारबाट सदरमुकाम गाईघाटतर्फ आउँदै गरेको को.२८.प.७०८६ नम्बरको मोटरसाकलले सोही दिशातर्फ जाँदै गरको प्र.१–०५–०१ क.००३५ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीका अनुसार दुर्घटनाबाट घाइते भएका मोटरसाइकल चालक उदयुरगढी गाउँपालिका–६ नेपालटारका ३४ वर्षीय रत्नकुमार तामाङको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकी तामाङकी श्रीमतीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उहाँको अनुहार र दाहिने हातमा चोट लागेको छ । डीएसपी चौधरीका अनुसार ट्रक चालक त्रियुगा नगरपालिका–११ का ४० वर्षीय बिनोदकुमार चौधरीलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ ।

Back to top button