माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने तय भएको छ ।

आज स्थायी कमिटी सदस्यहरुले उठाएको प्रश्नको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यक्रम रहेको छ ।

बैठकमा माओवादी रुपान्तरण विशेष अभियानअन्तर्गत राम्रो काम गरेर सम्मानित हुनेहरुको नाम टुंगो लगाइने छ ।

साथै काममा नखटिएकाहरुलाई कारबाहीका लागि सिफारिस गर्ने माओवादीले जनाएको छ । माओवादीले ३ जनालाई सम्मान र ३ जनालाई कारबाहीको तयारी गरेको छ ।

Back to top button