प्रतिनिधिसभा बैठक सुरू

काठमाडौं । संघीय संसद्अन्तरगत प्रतिनिधिसभा बैठक सुरू भएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी दोस्रो (संशोधन) २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव पद्मराज पाण्डेले जानकारी दिनुभयो।

Back to top button