माओवादी केन्द्रको स्थायी समिति बैठक दिउँसो ३ बजेलाई सर्‍यो

काठमाडौं । आज बिहान ११ बजे बस्ने भनिएको माओवादी केन्द्रको स्थायी समितिको बैठक दिउँसो ३ बजेलाई सरेको छ । उक्त बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने जनाइएको छ ।

यसअघि पनि शुक्रबार नै बस्ने भनिएको बैठक स्थगित भएको थियो । यस्तै बिहीबार बसेको बैठकमा १० प्रदेशका इन्चार्जहरूले अभियानको समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए ।

आजको बैठकमा कार्यविभाजन,रूपान्तरण अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी लगायतका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ ।

Back to top button