मोरङमा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

विराटनगर । मोरङको पथरीशनिश्चरेमा कारको ठक्करबाट गएराति एक पैदलयात्री पुरुषको मृत्यु भएको छ ।

पूर्व–लोकमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–२ जय चोकमा प्रदेश १–०१–००१ च ७९६४ नम्बरको कारले राति ९ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा पथरीशनिश्चरे–१० का ४३ वर्षीय सन्तोष लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गणेश श्रेष्ठले जानकारी दिनुभयो।

उहाँका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको कारको ठक्करबाट लिम्बू गम्भीर घाइते हुनुभएको थियो । उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरेको डीएसपी श्रेष्ठको भनाइ छ ।

उहाँका अनुसार कार र चालक झापाको दमक नगरपालिका–५ का ४२ वर्षीय घनश्याम रिजाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ । कारको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Back to top button