तीन मन्त्रीको राजीनामा नआएसम्म सदनमा विरोध कायमै रहन्छ : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने प्रतिक्रिया दिनुभएको छ ।

आज संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीले साधेको प्रश्नमा उहाँले अहिलको अवस्थामा विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने बताउनुभएको हो ।

एमालेले बालकुमारी प्रकरणमा भौतिक पूर्वाधार एवं यातायात मन्त्री प्रकाश ज्वाला, टेलिकम्युनिकेशन ट्राफिक मनिटर एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामस्क) प्रकरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्री (तत्कालीन सञ्चारमन्त्री) मोहन बस्नेत र रामग्राम प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै आएको छ ।

अध्यक्ष ओलीले उहाँहरुको राजीनामा नआएसम्म सदनमा विरोध कायमै रहने जिकिर गर्नुभयो ।

Back to top button