टी–२० सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक टी– २० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरिएको हो ।

विश्वकप लिग–२ खेलेको टोलीबाट ४ खेलाडी थप्दै टोली घोषणा गरिएको हो । नेपाल ‘ए’ टीमका कप्तान विनोद भण्डारीसहित सन्दीप जोरा, विवेक यादव, प्रतिश जीसी, रासिद खान र सागर ढकाल गरी ६ खेलाडी समावेश हुनुभएको छ ।

नेपाल ‘ए’ले हालै क्यानडासँग सिरिज खेलेको थियो । ३ मध्ये १ खेल जितेको थियो ।

यस्तै, पीएम कपमा चोट बोक्नुभएका अभिनाश बोहोरा टोलीमा फर्कीनुभएको छ ।

नेदरल्यान्ड्स र नामिबियासम्मिलित टी–२० सिरिज मंगलवारदेखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शुरू हुँदै छ ।

नेपालले टी–२० सिरिजको पहिलो खेल मंगलवार नै नामिबियासँग खेल्नेछ ।

Back to top button