नामिबियाविरुद्ध नेपाललाई तेस्रो, रोहितलाई दोस्रो सफलता

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ ।

कप्तान रोहितकुमार पौडेलले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा जान फ्रिलिंकलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच गराउनुभयो ।

१० दशकलव ४ ओभरमा आउट हुनुअघि फ्रिलिंकले ७ बलमा मात्र ५ रन बनाउनुभयो । उहाँ आउट हुँदा नामिबिया ६२ रनको स्थितिमा छ ।

यो रोहितको दोस्रो सफलता हो । यसअघि उहाँले ८ दशमलव २ ओभरमा जेपी कोट्जेलाई विवेक यादवको हातबाट क्याच आउट गराउनुभएको थियो ।

यसअघि करण केसीले माइकल भान लिंगेनलाई २० रनमा आउट गर्नुभएको थियो ।

Back to top button