अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा राखियो भक्तराज आचार्यको पार्थिव शरीर

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिएको छ ।

आचार्यलाई अन्तिम श्रद्धाञ्जली दिन कलाकार,राजनीतिकर्मी,सर्वसाधारण तथा शुभचिन्तकलगायतको भीड लागेको छ । आचार्य नेपाली संगीत जगतमा भजन शिरोमणिको उपनामले परिचित हुनुहुन्छ ।

आचार्यको हिजो अपरान्ह ललितपुरको मेडिसिटी अस्पतालमा ८१ वर्षको उमेरमा निधन भएको हो । उहाँ विगत लामो समयदेखि बिरामी पर्नुभएको थियो ।

आजै दिउँसो पशुपति आर्यघाटमा उहाँको अन्तिम दाहासंस्कार गरिने कार्यक्रम रहेको छ ।

उहाँले करिब ४०० गीतमा स्वर तथा संगीत दिनुभएको छ । आचार्य गायक सत्याराज र स्वरुपराज आचार्यका बुवा हो ।

Back to top button