ऋण प्रवाहमा अनियमितता गरेको आरोपमा २ ब्यांकर पक्राउ

काठमाडौं । गलत ढंगले ऋण प्रवाह गरेको आरोपमा २ ब्यांकरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेलाई पक्राउ गरेको हो । ब्यूरोले सेन्चुरी कमर्सियल बैंकका पूर्व सीईओ तुलसी गौतमलाई समेत पक्राउ गरेको छ ।

उनीहरूले सेन्चुरी कमर्सियल बैंकमा रहँदा गलत ढंगले ऋण प्रवाह गरेको आरोपमा सीआईबीले पक्राउ गरेको हो। सेन्चुरी कमर्सियल बैंक हाल प्रभु बैंकमा गाभिएको छ ।

न्यौपानेले सेन्चुरी बैंकमा रहँदा ऋण प्रवाहमा अनियमितता गरेको उजुरी परेपछि पक्राउ गरेको सीआईबीले जनाएको छ ।

Back to top button