माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नेताहरूको कार्य विभाजनबारे छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले बसिरहेको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बसिरहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयो ।

आजको बैठकमा पार्टीको आगामी अभियान र नेताहरूको कार्य विभाजसहित पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएको छ ।

माओवादीको हालै भएको विधान अधिवेशनले तराई–मधेश अभियान, उत्तर–दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

यसअघि भएको चार महिने अभियानमा खट्ने नेता कार्यकर्तालाई सम्मान र नखट्नेलाई चेतावनीदेखि कारबाही गर्नेसम्मको तयारी माओवादी केन्द्रले गरेको छ ।

Back to top button