नेपाललाई पहिलो सफलता, करण केसीद्वारा विकेट

काठमाडौं । त्रिकोणात्मक टि–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो विकेट लिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर बलिङ गरिरहेको नेपालका लागि करण केसीले पहिलो विकेट लिनुभएको हो ।

२ दशमलव १ ओभरमा नेदरल्यान्ड्सका म्याक्स ओ डाउड केसीको बलमा दीपेन्द्र सिंह ऐरीबाट क्याच आउट हुनुभएको हो । डाउडले ४ रन मात्र बनाउन सक्नुभयो।

अहिले ३ ओभरमा नेदरल्यान्ड्सले १ विकेटको क्षतिमा ३० रन बनाएर खेलिरहेको छ ।

नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिलो फिल्डिङ रोज्नुभएको हो । नेपालले आज टोलीमा २ खेलाडी परिवर्तन गरेको छ । विवेक यादव र अभिनाश बोहोराको स्थानमा ललितनारायण राजवंशी र प्रतिश जिसीलाई आज खेलाइएको छ ।

आइसीसी क्रिकेट विश्वकप लिग–२ को एकदिवसीय पहिलो सिरिज सकिएलगत्तै नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टि–२० सिरिजमा प्रतिस्पर्धा गरेका हुन्। यस शृङ्खलादेखि नेपालले आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपको औपचारिक तयारी सुरुवात गर्ने छ । नेपाल रहेको समूह डी को विश्वकपमा नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् ।

नेपालको टोलीः

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, ललित नारायण राजवंशी, प्रतिश जिसी ।

Back to top button