नेदरल्याण्ड्सविरुद्ध नेपाललाई दोस्रो सफलता

काठमाडौं । त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले दोस्रो सफलता पाएको छ । ८ दशमलव ६ ओभरमा कुशल मल्लले माइकल लेभिटलाई विकेट किपर आशिफ शेखको हातबाट स्टम्पिङ्ग गराउनुभएको हो ।

आउट हुनुअघि उहाँले ५४ रन बनाउनुभयो । उहाँले ५ चौका र ३ छक्का हान्नुभएको थियो । उहाँ आउट हुँदा नेदरल्याण्ड्सको स्कोर ७७ रन छ ।

यसअघि करण केसीले म्याक्स ओडाउडलाई ४ रनमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराउनुभएको थियो ।

यस्तै, त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिनुभएको हो ।

Back to top button