नेदरल्याण्ड्सविरुद्ध नेपाललाई तेस्रो सफलता

काठमाडौं । त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले तेस्रो विकेट लिएको छ । १२ दशमलव ६ ओभरमा स्कट एडवार्डस् व्यक्तिगत ३३ रनमा रन आउट हुनुभएको हो ।

पहिलो रन पूरा गर्नुभएका स्कट एडवार्डसले दोस्रो रन पूरा गर्ने क्रममा जम्पका साथ उत्कृष्ट ड्राइभ गर्नुभएको थियो ।

तर, अम्पायर देवेन्द्र सुवेदीले रन आउटको संकेत गर्नुभयो । दीपेन्द्रसिंह ऐरीको थ्रो बल विकेटकिपर आशिफ शेखले अघि बढेर रन आउट गर्नुभएको हो ।

उहाँ आउट हुँदा नेदरल्याण्ड्सको स्कोर १२३ रन छ । यसअघि ८ दशमलव ६ ओभरमा कुशल मल्लले माइकल लेभिटलाई ५४ रनमा विकेट किपर आशिफ शेखको हातबाट स्टम्पिङ्ग गराउनुभएको थियो ।

करण केसीले म्याक्स ओडाउडलाई ४ रनमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराउनुभएको थियो । त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिनुभएको हो ।

Back to top button