गठबन्धन खरानीको डल्लो हो सुके पनि फुट्छ,भिजे पनि फुट्छ : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनलाई खरानीको डल्लोको संज्ञा दिनुभएको छ । आज विराटनगर विमानस्थलमा पत्रकासरहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘हामीले सरकारलाई सुझाव दिने हो । तर, गठबन्धन सरकारले सुझावहरू सुनिराखेको छैन। गठबन्धन खरानीको डल्लो हो । सुकायो भने फुट्छ। भिजायो भने पनि फुट्छ।’

अध्यक्ष ओलीले अहिले सरकार फेर्ने खेलमा एमाले नलाग्ने स्पष्ट पार्नुभयो । उहाँले एमाले मिसन ८४ मा लागेको भन्दै अहिले सरकारको विषय प्राथमिकतामा नरहेको बताउनुभयो ।

उहाँले कांग्रेस महासमिति बैठकबाट संविधान संशोधनको ब्याक फायर गरेको बताउनुभयो । उहाँले संविधान के का लागि किन र के संशोधन गर्ने स्पष्ट हुनुपर्ने बताउनुभयो ।

Back to top button