सबैका लागि गुणस्तरीय शिक्षा आवश्यक : एमाले अध्यक्ष ओली

सुनसरी । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सबैका लागि गुणस्तरीय एवं जीवन उपयोगी शिक्षा आवश्यक रहेको बताउनुभएको छ ।

आज सुनसरीको इटहरी उपमहानगरपालिका वडा–४ स्थित कचना बुढीगंगा महादेव माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीले आफनो रुचि उदघाटनमा नभएर शिक्षा क्षेत्रमा बजेट छुटयाउनमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘उद्घाटन वडाध्यक्षले गरेपनि हुन्छ बजेटका लागि सम्झनुहोस्, बरु मेरो शिल्यान्यासमा रुचि छ ।’

उहाँले आफू प्रधानमन्त्री हुदाँ छुटयाएको बजेटबाट धेरै ठाउँमा विद्यालय बनेको बताउनुभयो । ‘यो विद्यालयका लागि थोरै बजेट माग भएको थियो । मैले एकिकृत योजना ल्याउनुहोस् भने योजना आयोगलाई भनेर छुटयाएको बजेटबाट भवन बन्यो अब नैतिकवान, कर्मठ, चरित्रवान नागरिक उत्पादन गर्नुहोस् ,’उहाँले सुझाव दिनुभयो ।

विश्वप्रतिष्पर्धामा उत्रन शक्ने जनशक्ति निर्माणमा गर्न उहाँको जोड छ । सबैका लागि गुणस्तरीय शिक्षा हुनुपर्ने आफ्नो मान्यता रहेको पूर्व प्रधानमन्त्री ओलीले बताउनुभयो ।

यस्तै, २०३९ सालमा स्थापना भएको सो विद्यालयमा रु.९ करोड ८६ लाख ८ हजार ९ सय २८ नेपाल सरकारको विशेष अनुदानमा नयाँ विद्यालय भवन निर्माण भएको हो ।

Back to top button