दुई कारोबार दिनपछि फेरी घट्यो नेप्से, २ अर्बको सेयर कारोबार

काठमाडौं । नेप्से परिसूचक आज सामान्य अंकले घटेको छ । दुई कारोबार दिन निरन्तर बढेको नेप्से परिसूचक आज ० दशमलव ८७ अंकले घटेर २००० दशमलव ७७ विन्दुमा कायम भएको हो ।

सोमबार १३ दशमलव २८ अंकले घटेको नेप्से मंगलबार ९ दशमलव ३४ अंकले घटेर २००१ दशमलव ६५ विन्दुमा पुगेर बन्द भएको थियो। पहिलो कारोबार दिन आइतबार नेप्से २६ दशमलव ८१ अंकले घटेर १९७९ दशमलव ०२ विन्दुमा अडिएको थियो।

यसदिन सेन्सेटिभ इण्डेक्स ० दशमलव ६३ अंकले घटेर ३५६ दशमलव ४५ विन्दुमा पुगेको छ। ३०८ कम्पनीको ५१ लाख १५ हजार ६५८ कित्ता सेयर २ अर्ब ३ करोड ८१ लाख ९७७ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम मंगलबारको तुलनामा बढि हो। मंगलबार सेयर १ अर्ब ८६ करोड बराबरको सेयर कारोबार भएको थियो।

नेप्से सामान्य अंकले घटेपनि चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो। विशाल बजार कम्पनी,बोटलर्स नेपाल (बालाजु),बोटलर्स नेपाल (तराई) र बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

चार कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा सामलिङ पावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ६ दशमलव ६६ प्रतिशतले घट्यो। १२ करोड मूल्य बराबरको सेयर कारोबार गरी सोनापुर मिनरल्स शीर्षस्थानमा रह्यो।

हिमालयन रिइन्स्योरेन्सको ८ करोड मूल्य बराबरको सेयर कारोबार हुँदा बोटलर्स नेपाल (तराई)ले ७ करोड,शिवम सिमेन्टले ६ करोड र हिमालयन डिस्टिलरीले ५ करोड बढि मूल्यको सेयर कारोबार गरे। चार उपसमूहका सूचक सकारात्मक देखिँदा ७ वटा उपसमूहका सूचक भने नकारात्मक देखिए।

Back to top button