सेयर बजारमा आज २८ अंकको गिरावट, १३ वटै उपसमूहको सूचक नकारात्मक

काठमाडौं । सेयर कारोबार साताको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक २८ दशमलव ६८ अंकले घटेर १९७२ दशमलव ०९ विन्दुमा कायम भएको हो ।

साताको पहिलो कारोबार दिन आइतबार २६ दशमलव ८१ अंकले घटेको नेप्से सोमबार १३ दशमलव २८ र मंगलबार ९ दशमलव ३४ अंकले बढेको थियो । दुई दिन लगातार बढेको नेप्से बुधबार फेरि ओरालो लागेको थियो । सो दिन नेप्से ० दशमलव ८७ अंकले घटेको थियो । सो दिन २ अर्ब ३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो ।

आज नेप्से परिसूचक दोहोरो अंकले घटेपनि कारोबार रकम बुधबारको तुलनामा बढेको छ । यसदिन ३०९ कम्पनीको ७४ लाख ४६ हजार ९९१ कित्ता सेयर २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार २२८ रुपैयाँमा खरिदबिक्री भए।

सेन्सेटिभ इण्डेक्स १ दशमलव ३४ प्रतिशतले घटेर ३५१ दशमलव ६५ विन्दुमा अडिएको छ। बोटलर्स नेपाल (बालाजु)को सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा मनकामना स्मार्ट लघुवित्त वित्तीयको ९ दशमलव ८६,मानुसी लघुवित्त वित्तीयको ३ दशमलव ९८, समाज लघुवित्त वित्तीयको ३ दशमलव ९० र एनएमबी ५० को ३ दशमलव ५९ प्रतिशतले सेयर मूल्य बढेको हो ।

दोहोरो अंकले घटेको बजारमा जोशी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा सोनापुर शीर्षस्थानमा रह्यो। सो दिन यो कम्पनीको ११ करोड मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी जोशी हाइड्रोपावरको १० करोड मूल्य बराबरको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सले ८ करोड,हाथवेले ६ करोड र शिवम् सिमेन्टले ५ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

आज १३ वटै उपसमूहका सूचक नकारात्मक देखिएका छन्। फाइनान्स उपसमूहको सूचक सर्वाधिक ३ दशमलव २१ प्रतिशतले घट्यो। कारोबारमा आएका कम्पनीमध्ये १७ वटाको मूल्य बढ्दा २२० वटाको घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो।

Back to top button