राष्ट्रियसभा अध्यक्षका लागि गठबन्धनभित्र सहमति जुट्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्ने दावी गर्नुभएको छ ।

आज चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले राष्ट्रियसभा अध्यक्ष पदमा गठबन्धनभित्रका दलको छुट्टा–छुट्टै दावी रहेपनि यसमा सहमति जुट्ने बताउनुभएको हो ।

राष्ट्रियसभा अध्यक्ष पदमा सत्ता रुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आ–आफ्ना उम्मेदवार उठाउने दावी गर्नुभएको छ । राष्ट्रियसभा अध्यक्षका लागि फागुन २९ गते निर्वाचन हुँदैछ ।

उहाँले अहिले गठबन्धनभित्र कुनै प्रश्न खडा नभएको र बलियो जगमा उभिएको धारणा राख्नुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेपालले केहि समस्या आए छलफल गरेर सहमतिमा पुगिने जिकिर गर्नुभयो । गठबन्धनभित्र दरार देखिए हल गरिने उहाँको भनाइ छ ।
यस्तै, अध्यक्ष नेपाल भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन सत्रमा सहभागी हुन चितवन पुग्नुभएको हो ।

Back to top button