प्रतिनिधिसभा बैठक सुरू

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरू भएको छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूचीमा उल्लेख छ ।

परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले विमस्टेक वडापत्र प्रस्तुत गर्नेलगायत कार्यसूची रहेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिनुभयो।

Back to top button