मोरङमा ट्रिपरले बस र बोलेरोलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

विराटनगर । मोरङको बेलबारीमा ट्रिपरले बस र बोलेरोलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका– ३ स्थित पुरानो मालपोत जाने बाटोमा आज बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा झापाको कमल गाउँपालिका– २ का ५२ वर्षीय यदुकान्त भट्टराई, कमल गाउँपालिका– ४ की ४४ वर्षीया दीपा खानाल र झापाको बिर्तामोड नगरपालिका– २ का ३६ वर्षीय कृष्ण गजुरेल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका यदुकान्त र दीपाको विराटनगरस्थित कोशी अस्पताल तथा कृष्णको विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएको हो ।

पूर्वबाट पश्चिम गइरहेको बोलेरोलाई ओभरट्याग गर्ने क्रममा ट्रिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ । मे १ झ २८५६ नम्बरको बोलेरोलाई प्रदेश ०२–००१ ख ९६७६ नम्बरका ट्रिपरले ठक्कर दिएको थियो ।

ठक्करपछि गाडी प्रदेश ३ क ००१ ख २७१८ नम्बरको यात्रुबाहक बसमा समेत ठक्कर खाएको थियो । बलेरोमा ५ जना रहेको ३ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना गराउने ट्रिपर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

Back to top button