नामिबियाविरुद्ध नेपाललाई दोस्रो झट्का

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपाललाई दोस्रो झट्का लागेको छ ।

३ दशमलव ४ ओभरमा कप्तान रोहित पौडेल आउट हुनुभएको छ । उहाँले ९ बलमा २ चौकाको मद्दतमा १० रन बनाउनुभयो । उहाँ आउट हुँदा नेपालको स्कोर ३० रन छ ।

यसअघि ओपनर आसिफ शेख १ रनमा आउट हुनुभएको थियो । नेपालको टिममा आज ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बाहिर हुनुहुन्छ । उहाँहरुको स्थानमा आरिफ शेख, अभिनाश बोहरा र अनिल साह टोलीमा हुनुहुन्छ ।

Back to top button