चितवनलाई शिक्षा,स्वास्थ्य र कृषिको हब बनाउन सकिन्छ : एमाले अध्यक्ष ओली

भरतपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर नेपालको विशेष प्रकारको ठाउँ भएको बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आयोजना गरेको भ्रमण वर्ष शुभारम्भ कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीले भरतपुरको प्रशंसा गर्दै भन्नुभयो,‘भरतपुर विशेष प्रकारको ठाउँ हो । पवित्र नारायणी नदीको किरानमा अवस्थित सुन्दर महानगरपालिका हो।’

उहाँले भरतपुर भ्रमण वर्षलाई चितवन भ्रमण वर्षको रूपमा अघि बढाउनु पर्ने बताउनुभयो । भ्रमण वर्षलाई समग्र चितवनको विकासका रूपमा लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष ओलीले चितवनलाई शिक्षा, स्वास्थ्य, कृषि पर्यटन हरेक क्षेत्रको हब बनाउन सकिने उहाँले बताउनुभयो । ‘चितवनलाई शिक्षाको हब, स्वास्थ्यको हब कृषिको हब बनाउन सकिन्छ’, उहाँले भन्नुभयो ।

चितवनले कृषि, पशुपालन, मत्स्यपालन लगायतका क्षेत्रमा पनि विकास गर्न सक्ने उहाँले प्रष्ट पार्नुभयो । उहाँले आगामी एक वर्षको बिचमा आफू पनि सपरिवार चितवन घुम्न आउने ओलीले बताउनुभयो । ‘यो त रमाइलोसँग जिन्दगी बिताउने ठाउँ हो, यहाँ बोटिङ गरे हुन्छ, बागवानी हेरे हुन्छ’, उहाँले भन्नुभयो ।

Back to top button