भरतपुर महानगरद्वारा जारकोटका भूकम्प पीडितलाई १ करोड रुपैयाँ सहयोग

चितवन । भरतपुर महानगरपालिकाले जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि आर्थिक सहयोग गरेको छ । गत कार्त्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी महानगरका तर्फबाट १ करोड रकम हस्तान्तरण भएको हो ।
आइतबार भरतपुर भ्रमण वर्ष २०२४ को नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहमा महानगरको मेयर रेणु दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १ करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ । गत कार्त्तिक १९ गते बसेको महानगर कार्यपालिकाको बैठकले भूकम्प पीडितलाई १ करोड आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो ।

Back to top button