गठबन्धन सरकारका कारण अर्थतन्त्र संकटमा : एमाले अध्यक्ष ओली

काठमाडौं । वर्तमान गठबन्धन सरकारका कारण देशको अर्थतन्त्र संकटमा परेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाउनुभएको छ ।

आज नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सातौँ राष्ट्रिय महाधिवेशन समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीले अहिलेको देशको अर्थतन्त्रलाई कोभिडले प्रभाव पारेको छ भन्नु गलत भएको बताउनुभयो । अहिले अर्थतन्त्र ओरालो लाग्नुको कारण वर्तमान गठबन्धन सरकार नै भएको ओलीले टिप्पणी गर्नुभयो ।

कोभिड पछि सबै राष्ट्र पुनरुत्थान भइसक्दा पनि नेपालको अर्थतन्त्र भने कोभिडका कारण कमजोर भयो भन्नुको कुनै अर्थ नभएको उहाँले प्रष्ट पार्नुभयो ।

Back to top button