विराटनगर महानगरद्वारा आगलागी नियन्त्रण पूर्वतयारीमा डिप बोरिङ जडान

विराटनगर । विराटनगर महानगरपालिकाले आगलागी नियन्त्रणलाई प्रभावकारी बनाउन पानीको स्रोत व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।

यस अन्तर्गत विराटनगरस्थित सनसारीमाईस्थानमा आजबाट डिप बोरिङ सञ्चालनमा ल्याएइको छ । बजार र दक्षिणी क्षेत्रलाई लक्षित गरी जडान गरेको डिप बोडिङबाट दमकलमा पानी पठाउने कार्यको परीक्षण आज गरिएको छ ।

महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्की समेतको उपस्थितिमा दुईवटा दमकलमा पानी भरेर यसको सफल परीक्षण गरिएको हो ।

जडान गरिएको डिप बोरिङबाट ५ हजार लिटरको ट्यांकी भर्न २० मिनेट र ३ हजार लिटरको ट्यांकी भर्न १२ मिनेट लागेको थियो । महानगरले बजार र दक्षिणी क्षेत्रमा आगलागी भएमा सो स्थानबाट दमकलमा पानी भर्ने गरी डिप बोरिङ जडान गरेको हो ।

यसअघि बजार र दक्षिणी क्षेत्रमा आगलागी हुँदा पानी भर्न महानगर कार्यालय परिसर र पुष्पलाल चोक पुग्नुपर्ने बाध्यता थियो । अब सो स्थानबाट पानी भर्ने व्यवस्था मिलाइएको छ । ठाउँमा पनि डिप बोरिङ जडान गर्ने तयारी भइरहेको छ ।

सुख्खा मौसम सुरु भएसँगै आगलागीको जोखिम बढ्ने गरेको छ । आगलागी नियन्त्रणको पूर्वतयारी स्वरुप महानगरले दमकलमा पानी भर्न सहज होस् भनेर पायक पर्ने स्थानहरूको छनौट गरी डिप बोरिङ जडान गर्ने कार्य अगाडि बढाएको मेयर कोइरालाको दावी छ । पहिलो चरणमा सनसारीमाईस्थानमा जडान गरिएको छ । अन्य संभावित स्थानको पहिचान गर्ने बोरिङ गाड्ने योजना राखिएको छ ।

पानीको स्रोत व्यवस्थापन नहुँदा आगलागीपछि दमकल परिचालनमा समेत समस्या हुनसक्ने संभावना हुन्छ । एउटै स्थानमा धेरै दमकलले पानी भर्नु पर्ने अवस्थादेखि, घटनास्थल भन्दा दुरीका हिसाबले समेत प्रभाव पार्नसक्दछ । उपप्रमुख शिल्पा निराला कार्कीले आवश्यकता महसुश हुँदै गर्दा संरचनाहरु तयार पार्ने योजनाहरु अगाडी बढाइएको बताउनुभयो । समयमै पानी भरेर दमकल घटनास्थल पुग्दा क्षति कम हुनसक्ने संभावना जीवित राख्नका लागि स्थानीय सरकारले पहल लिन जरुरी ठानेको हो ।

डिप बोरिङको क्षमता वृद्धि गरी छोटो समयमै दमकल भर्ने व्यवस्था मिलाइने वारुणयन्त्रको समेत जिम्मेवारी सम्हादै आएका महानगर प्रहरीका प्रमुख राजन पौडेलको भनाई छ । पुष्पलालचोकस्थित वारुणयन्त्रको डिप बोरिङबाट ५ हजार लिटरको ट्यांकी भर्न ५ मिनेट र महानगर परिसरको डिप बोरिङबाट २० मिनेट समय लाग्ने गरेको पौडेलको भनाई छ ।

Back to top button