राष्ट्रिय सभाका अध्यक्षसहित २० जना सांसदको पदावधि आजदेखि सकिँदै

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदको पदावधि आजदेखि सकिँदै छ । गोलाप्रथाबाट ६ वर्ष कार्यकाल तय भएका २० जना सांसदको पदावधि आजबाट सकिन लागेको हो ।

उनीहरूमध्ये १९ जना निर्वाचित हुन् भने विमला राई पौड्याल राष्ट्रपतिबाट मनोनीत हुनुभएको थियो । पदावधि सकिन लागेका सांसदमा नेकपा एमालेबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित ९ जना हुनुहुन्छ ।

यस्तै, राष्ट्रपतिबाट मनोनीत पौड्यालको पनि पदावधि सकिन लागेको छ । पदावधि सकिनेमा एमालेका ९ जना, कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाको १ र स्वतन्त्र १ जना सांसद छन् ।

यी हुन् पदावधि सकिने सांसद 

एमाले

  • गणेशप्रसाद तिमिल्सिना
  • इन्दु कडरिया
  • दीपा गुरुङ
  • दीलकुमारी रावल थापा
  • कुमार दसौंदी
  • नरपति लुवार
  • भैरवकुमार श्रेष्ठ
  • रामचन्द्र राई
  • विमला राई पौड्याल (मनोनित)

नेपाली कांग्रेस

  • रमेशजंग रायमाझी
  • जितेन्द्रनारायण देव
  • प्रकाश पन्थ
  • अनिता देवकोटा

नेकपा (माओवादी केन्द्र)

  • विना पोखरेल
  • महेशकुमार महरा
  • हरिराम चौधरी

नेकपा (एकीकृत समाजवादी)

  • नन्दा चापागाईं
  •  सिंगबहादुर विश्वकर्मा

जनता समाजवादी पार्टी (जसपा)

  • प्रमिला कुमारी

स्वतन्त्र सांसद 

  • खिमलाल देवकोटा

Back to top button