हङकङमा हुने त्रिकोणात्मक टी–२० सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं । अर्को साता हङकङमा हुने टी–२० आई त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।

क्यानले रोहित पौडेलको कप्तानीमा केही नयाँ खेलाडी समेटेर १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीमा ए टिमका कप्तान विनोद भण्डारी, सन्दीप जोरा, राशिद खानसहित युवा खेलाडी आकाश चन्द, लोकेश बम, सागर ढकाल पनि यसपटक टिममा पर्नुभएको छ ।

राष्ट्रिय टोलीका नियमित सदस्य सोमपाल कामी र कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, ललितराज राजवंशी भने टिममा हुनुहुन्न् । नामिबिया र नेदरल्याण्ड्ससँगको त्रिकोणात्मक सिरिज खेल्नुभएका अनिल साहसमेत हुनुहुन्न् ।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुने छ । त्रिकोणात्मक सिरिजमा फागुन २७ (१० मार्च)मा नेपाल र हङकङबीच खेल हुनेछ ।

फागुन २९ (१२ मार्च)मा नेपालले पवुवा न्युगिनीसँग खेल्ने छ । दोस्रो खेलमा सोही दिन हङकङ र पपुवा न्युगिनीबीच हुनेछ ।

फागुन ३० मा त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्ने दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाली टोली

रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द , अविनाश बोहोरा ।

Back to top button