चितवनकी बालिका शालिनको मृत्यु प्रकरणमा एमाले अध्यक्ष ओलीको आग्रहः हत्या वा आत्महत्या के हो गहिरो अनुसन्धान होस

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनकी शालिन पोखरेलको मृत्यु प्रकरण हत्या वा आत्महत्या के हो तत्काल निक्र्यौंल गर्न सरकारसँग माग गर्नु भएको छ ।

शनिबार सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले हत्या वा आत्महत्या के हो भन्ने विषयमा गहिरो अनुसन्धान गरेर सार्वजनिक नगर्दा बाहिरी हल्ला र अफवाहले गर्दा अनुसन्धानमा असहयोग पुगिरहेको महसुष भएको उल्लेख गर्नुभएको छ ।

उहाँले बालिकाको यस्तो घटना देखेर आफू बेचैन भएको उल्लेख गर्नुभएको छ । उहाँले प्रहरी प्रशासनले गर्ने अनुसन्धानलाई सघाउन सबैलाई आग्रह पनि गर्नुभएको छ ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमा यस्तो लेख्नु भएको छ,‘चितवनको शिशु निकेतन स्कूलको छात्रावासमा बालिका शालीन पोखरेलको शव झुण्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको छ। यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस्। परिवार र आफन्त अत्यन्त पीडित छन्। यस्ता घटनालाई अनुसन्धान गर्ने निकाय भन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुन्छ। हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याइयोस् । सबैले अनुसन्धानलाई सहयोग गरौं।

Back to top button