त्रिकोणात्मक टि–२० आई सिरिजः फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

काठमाडौं । त्रिकोणात्मक टि–२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स खेल्ने पक्का भएको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबिया र नेदरल्यान्ड्सबीच जारी लिग चरणको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसक्दा दुवै टोलीको अंक बाँडिएको हो ।

योसँगै नेपाल र नेदरल्यान्ड्सको फाइनल खेल मंगलबार हुने भएको छ । अंक तालिकामा नेदरल्यान्ड्सले चार खेलबाट ५ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपालको ४ अंक र नामिबियाको ३ अंक मात्र रहेको छ ।

लिग चरणमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँगको २ खेल गुमाउँदा पछिल्ला २ खेलमा जित हासिल गरेको थियो । आज टस जितेर पहिले नेदरल्याण्डसले फिल्डिङ रोजेको थियो। नामिबियाले १५ ओभरमा ४ विकेटको क्षतिमा ९४ रन बनाएपछि बर्षाले खेल रोकिएको हो।

रेफ्रीले नामिवियाका कप्तान जेजे स्मिथ र नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सलाई बोलाएर म्याच खेल नहुने जानकारी गराएका थिए। वर्षाले रोकिएको खेल सुचारु हुन नसक्दा ११ अंक बाँडेका हुन्।

Back to top button