रास्वपाको नीति मन्थनमा यसपटक ऊर्जामा बहस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नीति मन्थन अन्तर्गत भोलि (सोमबार) ऊर्जा क्षेत्रका विषयमा छलफल गर्ने भएको छ । पार्टीको ऊर्जा नीति कार्यदलले आयोजना गरेको यसपटकको नीति मन्थनमा ऊर्जाका विषयमा तीनवटा छलफल कार्यक्रम राखिएको छ ।

‘ऊर्जा विकासका वर्तमान चुनौतीहरु’ विषयको छलफलमा डा.त्रिरत्न बज्राचार्य, डा.रामप्रसाद धिताल, डा.रविन श्रेष्ठ, सुमन जोशी, डा.अरनिको पाँडेलले आफ्ना विचार राख्ने हुनुभएको छ । यो छलफलको सहजकर्ता पत्रकार विकास थापा हुनुहुन्छ ।

दोस्रो सत्रमा ‘बदलिँदो परिवेशमा आवश्यक ऊर्जा नीति र संसदमा प्रस्तावित विद्युत् विधेयक’ शीर्षकमा छलफल हुनेछ । यस विषयमा डा.सोमलाल सुवेदी, तारानाथ सापकोटा, शेरसिंह भाट, पूर्ण परियार, प्रकाश दुलालले छलफल गर्नुहुने छ । सहजकर्ता भने रास्वपा सांसद सोविता गौतम हुनुहुन्छ ।

अन्तिम सत्रमा भने ऊर्जाका विषयमा रास्वपा सभापति रवि लामिछाने, उपसभापति डा.स्वर्णिम वाग्ले, जनमत पार्टीका अध्यक्ष सीके राउत र कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले धारणा राख्ने रास्वपाले जनाएको छ ।

Back to top button